Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमसीसीविरुद्ध फुङ्लिङमा प्रदर्शन


    मंगलबार, पुष ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध मंगलबार ताप्लेजुङमा प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रको हितविपरीत रहेको भन्दै त्यसविरुद्ध प्रर्दशन गरिएको हो ।

    एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

    ‘इराक, अफगानिस्तान र लिबिया हेरौं, राष्ट्रघाती एमसीसीका मतियारलाई घेरौं’ भन्ने नारा लेखिएको ब्यानर प्लेकार्डसहित सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरिएको छ ।

    प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै फुङ्लिङ बजार परिक्रमापछि वीरेन्द्रचौकमा पुगेर कोणसभा गरेका थिए । कोण सभालाई नेकपाका केन्द्रीय सदस्य सुमन लिम्बू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज सुरज ओझाले सम्बोधन गर्नुभएको नेकपाका जिल्ला सचिव असल पन्दाकले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार