Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफूलाई पार्टीबाट निष्कासन गरेकोप्रति खण्डन गर्दै पाण्डेले भने- कारबाही अवैध छ, अस्वीकार गर्छु


    मंगलबार, पुष ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अवैध रहेको भन्दै अस्वीकार गर्ने बताएका छन् ।

    उनले मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेकाे कारबाही कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए ।

    ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’ उनले भनेका छन् ।

    पार्टीभित्रको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको भन्दै पाण्डेले भने, ‘मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ ।’

    विवाद विचाराधिन रहेकाले विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने अधिकार मिश्र पक्षलाई नभएको पाण्डेले बताएका छन् । ‘हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ’ उनले भनेका छन् ।

    <iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fmilanpandey22%2Fposts%2F10208565125481954&show_text=true&width=500″ width=”500″ height=”277″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार