Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएका युवकको मृत्यु


    शुक्रबार, असार ५ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा क्वारेनटाइनमा बसेर घर गएका एक जना युवकको मृत्यु भएको छ । उनलाई र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फकाइएको थियो ।

    मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष धामीले बताए ।

     

    गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका हुन् । बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

    स्वास्थ्य संयोजक धामीले भने, ‘जेठ २७ गते उनीसहित दुई जना मार्मा आइपुगेका हुन् । एक रात क्वारेन्टिनमा बसेपछि जेठ ३० गते दुवै जनाको पुनः आरडीटी टेस्ट गरेका थियौं । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।’

    स्वास्थ्य संयोजक धामीका अनुसार क्वारेन्टिनमा बस्ने बेलामा उनमा ज्वरोको कुनै लक्षण थिएन । उनीसँगै बेंग्लौरबाट आएका साथीको भनाइ उदृत गर्दै धामीले भने, ‘चाररपाँच दिनदेखि उनले केही पनि खाएका रहेनछन् । त्यसैले उनमा शारीरिक कमजोरी थियो । त्यसैले घर जानुका साटो थप उपचार गराउन अस्पताल लैजान सल्लाह दिएका थियौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार