Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त


    मंगलबार, पुष ६ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ । 

    संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् रहेको बताएका छन् । 

    जारी विज्ञप्ति :

    प्रतिनिधिसभाको २०७८ पुस ६ गते मंगलबारको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारहरूलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । समाचार संकलनमा सहजीकरण गर्नुको साँटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् हो । संसद् लोकतन्त्रको सर्वाेच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।

     उपरोक्त विषयमा संसद् सचिवालयका पदाधिकारीलाई ध्यानाकर्षण गराइएको छ । अबउपरान्त यस्ता घटना नदोहोरियोस् भन्नका लागि संसदीय मामिला पत्रकार समाज सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

    सचिव
    जयसिंह महरा 
    संसदीय मामिला पत्रकार समाज

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार