Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कप: प्रदेश एक विजेता बन्दा लुम्बिनी उपविजेता


    मंगलबार, पुष ६ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रदेश नम्बर एक धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए ’को विजेता बनेको छ । 

    मंगलबार सम्पन्न खेलमा प्रदेश एकले प्रस्तुत गरेको ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ४७ रनमा समेटिएको हो । 

    लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले समान ९ रन बनाए । 

    प्रदेश एककी कप्तान रुविना क्षेत्रीले तीन विकेट लिँदा अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिए ।

    यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङका लागि आएको प्रदेश एकले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११४ रन बनाएको थियो । प्रदेश एकका लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाउँदा काजोल श्रेष्ठले ४० रनको योगदान गरिन् ।

    लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट लिए ।

    प्रदेश एककी कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन् ।

    समूह ‘ए’ बाट प्रदेश एक समूह विजेता बन्दा लुम्बिनी समूह उपविजेता बन्यो ।  कर्णाली प्रदेश र वागमती प्रदेश भने जितविहीन रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार