Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३५ ट्रक चिया, अलैंची र अम्रिसो निर्यातमा भारतले लगायो रोक


    शुक्रबार, असार ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको चिया, अलैंची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । पूर्वको मेची नाका भएर निर्यात हुन लागेको लागेको उक्ता सामग्री भारतीय प्रहरीले रोकेको हो ।

    भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको हो ।

     महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैंची र अम्रिसो बोकेको ३५ वटा ट्रक बिहीबार पठाएका थियौं, तर भारतीय प्रहरीले पुलमै रोकेका छन् ।’ नेपाली वस्तुहरु बोकेका मालबाहक गाडीलाई प्रवेश नदिन माथिको आदेश भएको जानकारी बंगाल प्रहरीले दिएको पनि उनले बताए ।

    भारततर्फको भन्सार कार्यालयसँग समझदरी गरेरै सामान पठाइए पनि प्रहरीबाट अवरोध भएको विभागको भनाइ छ । लकडाउन अवधिमा पनि भारतको पश्चिम बंगाल सरकारले कोरोना फैलनसक्ने भन्दै नेपालतर्फको आयात खुलाएर निकासीमा प्रतिबन्ध लगाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार