Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सांसदकाे नाराबाजीकै बीच सभामुखले कार्यसूची प्रवेश गराए


    मंगलबार, पुष ६ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौंं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । तर, एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडि बढाएका छन् । 

    बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए । 

    सांसद सुवालले प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजी चलिरहेका बेला बैठक अगाडि नबढाउन र बैठकलाई स्थगित गरेर एमाले सांसदलाई सहमतिमा ल्याउन सुझाव दिए । साथै उनले एमसीसी राष्ट्रहितविपरीत रहेकाले यसलाई पारित गर्ने कार्य गर्न नहुने बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार