Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    मंगलबार, पुष ६ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएकोमा म‌ंगलबार ८०० सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

    मंगलबार छापावाल सुनप्रति १० ग्राम ७९ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । म‌ंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार