Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भालुको आक्रमणमा परी घाँस काट्न गएकी युवती गम्भीर घाइते


    मंगलबार, पुष ६ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुन् ।

    बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए ।

    उनका अनुसार भालुले उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पु¥याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार