Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सार्वजनिक बिदा


    मंगलबार, पुष ६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ।

    भट्टको निधनप्रति दुःख व्यक्त गर्दै डडेल्धुराको अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

    जिसस प्रमुख भट्टको सोमवार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका भट्ट जिसस प्रमुखमा विजयी भएका थिए ।

    अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर ओझाले सोमबार शोक वक्तव्य जारी गर्दै भट्टको निधनबाट अमरगढी नगरपालिकालाई ठूलो क्षति भएको जनाएका छन् ।

    1640010872-as2Yo.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार