Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्व इतिहासमा आजः रेडियमको आविश्कारदेखि जातीय विभेद उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर


    मंगलबार, पुष ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    बेथलहेम प्यालेस्टनाइनको नियन्त्रणमा

    सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो । वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो । सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो । सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो ।

    विमानभित्र बम बिस्फोट

    सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम एयरको उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो । स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबैजनाको मृत्यु भएको थियो ।

    जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी

    सन् १९६५ मा कुनै पनि प्रकारका जातीय विभेदको उन्मूलन गर्नेसम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर भएको थियो । सो सन्धी सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो । सो सन्धीले संसारभर जात र रंगका आधारम हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो ।

    रेडियमको आविश्कार

    पोलोनियमको आविश्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रसायनिक तत्व रेडियम पत्ता लगाएका थिए । चाँदीजस्तो सेतो पर्दाथ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार