Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमिक्रोन संक्रमण बढ्दैछ, खोप अभियानकै रुपमा लगाऔंः डा. रविन्द्र पाण्डे


    सोमबार, पुष ५ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोनाका बारेमा जनचेतनामूलक जानकारी दिंदैआएका डा. रविन्द्र पाण्डेले ओमिक्रोन विश्वका ८० देशमा फैलिसकेकाले सतर्क रहन अनुरोध गरेका छन् । सामाजिक संजाल फेसबुकमा डा. पाण्डेले सोमबार साँझ ओमिक्रोनको बारेमा लेखेका छन्–बेलायतमा पछिल्लो २४ घन्टामा १२ हजार १३३ जना ओमिक्रोनका संक्रमित फेलापरेका छन् । त्यस्तै अफ्रिका, युरोपका देश आदिमा पनि संक्रमण बढ्दो छ ।

    भारतमा हालसम्म ओमिक्रोनका १५३ जना संक्रमित फेला परेका छन् । महाराष्ट्रमा ५४, दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४, तेलंगानामा २०, गुजरातमा ११, केरलामा ११, आन्ध्रप्रदेशमा १, तामिलनाडुमा १ र पश्चिम बंगालमा १ ओमिक्रोन संक्रमित देखिएका छन् । भारतीय स्वास्थ्य अधिकारीका अनुसार परीक्षणको दायराबाहिर ठूलो संख्यामा संक्रमित रहेका छन् । हालसम्म पत्ता लागेका अधिकांश संक्रमित कतै यात्रा नगरेका तथा कोबाट सर्यो भन्ने थाहा नभएकाले समुदायमा ओमिक्रोन फैलिएको जनाएका छन् ।

    ओमिक्रोन प्रजातिका बारे २ थरी अतिबाद छन् । एकथरीको भनाइमा यो षड्यन्त्रको सिद्धान्त हो भने अर्को थरिको भनाइमा यो यमराज हो भन्ने दुवै दावी असत्य हुन् । ओमिक्रोन विश्वका करिब ८० देशमा पुष्टि हुनाको कारण यो छिटो फैलिने प्रकृतिको छ । हालसम्म यो प्रजातिबाट ७ जनाको मात्र मृत्यु भएको हुँदा ओमिक्रोन त्यति घातक छैन ।

    संक्रमण फैलियो भने जोखिम बर्ग तथा खोप नलगाएका व्यक्तिलाई आबश्यक पर्ने स्वास्थ्य सेवा प्राप्त भएन भने मृत्युदर बढ्ने हो ।

    ओमिक्रोन अफ्रिकामा पत्ता लागे पनि युरोपमा ठूलो चिन्ताको बिषय भएको छ । भारतले आगामी फेब्रुअरीमा त्यहाँ तेस्रो लहर आउन सक्ने अनुमान गरेको छ ।

    भारतमा फैलिएपछि नेपाल पनि अछुतो रहन सक्दैन  । सरकारले सबै खोपयोग्य उमेरका व्यक्तिलाई पूर्ण मात्रा खोप अभियानको रुपमा लगाउनुपर्यो ?  

    जोखिम बर्गलाई बुस्टर डोज दिने तयारी गर्नुपर्यो, बुस्टर डोज त्यही दिने वा अर्को प्रविधिबाट बनेको दिने भन्नेबारे निक्र्योल गर्नुपर्यो ।

    जनस्वास्थ्यका मापदण्डको अनुगमन गर्नुपर्यो । पीसीआर टेस्ट र जिन सिक्वेन्सको काममा तदारुकता देखाउनु पर्यो । 

     सीमामा तथा एयरपोर्टमा कडाइ गर्नुपरयो । यसको प्रभाव र विस्तारबारे आफू जानकार भएर नागरिकलाई यथार्थ जानकारी समय समयमा दिनुप्यो । नराम्रो स्थितिको लागि तयार भएर बस्नुपर्यो ।

    आमनागरिकले सरकारको तालिका अनुसार खोप लगाउनुपर्यो, आफैं जान्ने भएर बुस्टर डोज लगाउने वा खोप नलगाउने दुवै गर्नु भएन ।

    मास्क सही तरिकाले लगाउनु पर्यो  ।

    डर तथा त्रासबाट बच्नुप्यो । अबैज्ञानिक कुरामा विश्वास गर्नुभएन  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार