Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपहरण र फिरौती असुलीमा कुख्यात डनकोे हिरासतमा मृत्यु


    सोमबार, पुष ५ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भारत, बिहार, एजेन्सी । भारतको बिहार राज्यका कुख्यात डन पप्पुदेवको प्रहरी हिरासतमा मृत्यु भएको छ । बिहारको कोशी अन्चलको डनका रुपमा चिनिएका पप्पुको आइतबार बिहान मृत्यु भएको हो । उनी हिरासतमा रहेको बिहारको सहरसा पुलिसले देवले छाती दुख्यो भनेपछि उपचारको क्रममा भएको जनाएको छ । पप्पू देवको पार्थिव शरीरको तस्वीर हेर्दा शरीरमा चोट लागेको देखिएको बिहारका मिडियाले उल्लेख गरेका छन् ।

    बीबीसी हिन्दी सेवाका अनुुसार पप्पू देवकी पत्नी पूनम देवले आफू पटनमा बस्ने भएकाले केही थाहा नभएको बताइन् । उनले भनिन्– घटनास्थलमा गएर पार्थिब शरीर देखेपछि मात्रै उनको मृत्यु यातनाका कारण भएको हो कि होइन एकीनका साथ बताउन सक्छु ।

    सहरसा पुलिसका अनुसार १८ डिसेम्बर साँझ सहरसा जिल्लाको सदर थाना क्षेत्रको सराहीमा पप्पू देव र उनका समर्थकले एउटा जग्गा जबजस्ती घेर्न खोजेपछि तनावपूर्ण अवस्था निम्तिएको थियो ।

    यही घटनामा पुलिसले पप्पू देवलाई  गिरफ्तार गरेको थियो । पप्पुदेवलाई गिरफ्तार गरेपछि उनका समर्थक रसहरसा पुलिसबीच फायरिङ नै भएको थियो । 
    यही फायरिङकै बीचमा पप्पू देवले प्रहरीबाट बच्नका लागि पर्खाल नाघ्न खोजे, त्यसक्रमा उनलाई छातीमा चोट लाग्न पुगेको थियो । राति २ बजे उनलाई स्थानीय अस्पतालको आइसीयुमा भर्ना गराइएको थियो ।

    सदर अस्पतालले थप उपचारका लागि रेफर गरेको थियो । तर रेफर गरेको केहीबेरमै आइतबार बिहानै उनको मृत्यु भएको थियो ।

    पप्पुदेव बिहारमा कुख्यात अपराधी हुन् । उनीमाथि बिहारको सहरसा, मुजफ्फरपुर, पूर्णिया, कटिहार, किशनगंज, खगडÞिया और बेगूसरायमा अपहरण उद्योगका साथसाथै विभिन्न आरोप छन् । तस्वीर साभारः जी न्यूज इण्डिया डटकम

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार