Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बौद्धबाट गैँडाको खागसहित ६ जना पक्राउ


    सोमबार, पुष ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले संरक्षित बन्यजन्तु गैँडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाले काभ्रेपलान्चोक जिल्लाका बिरमान तमाङ्, बेद बहादुर दनुवार, नवराज गिरी, भिम तमाङ, सोहन कार्की र सिन्धुली जिल्लाका भिम बहुर थिङलाई पक्राउ गरेको हाे ।

    महाशाखाका अनुसार संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा  खटिएको प्रहरी टोलीले उनीहरुलाई बौद्दबाट पक्राउ गरेकाे हाे ।

    उनीहरुको साथबाट (तौल-१ किलो १० ग्राम )को गैँडाको खाग जस्तो देखिने बस्तु समेत बरामद गरिएको महाशाखाले जनाएको छ।

    पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार