Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाबाट विधेयक स्वीकृत


    शुक्रबार, असार ५ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का ठगेन्द्रप्रकाश पुरी र नेपाली काँग्रेसका प्रकाश पन्थले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार