Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २२० जना काेराेना संक्रमित थपिँदा २६३ जना निको


    सोमबार, पुष ५ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १५५ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ । 

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ जनामा कोरोना परीक्षण भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार