Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवक हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै सोमबार पनि सिरहा बजार बन्द


    सोमबार, पुष ५ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिरहा । गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् ।

    स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभएपछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् । 

    सडक जामका कारण अहिले सयौं सवारीसाधन सडकमा अलपत्र परेका छन् भने हजारौं यात्रु बिजोग भएको छ । सबैभन्दा धेरै मार टाढा जाने लागेका यात्रुलाई परेको छ । 

    बन्दकर्ताहरूले बाँसका भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्दै हिँडिरहेका छन् । उनीहरूले गोलबजार क्षेत्रको राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएका छन् । 

    शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश उपचारत छन् ।

    पीडित पक्षका शिवशरण रायले दोषी पक्राउ नगरेसम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र देषीलाई तुरुन्त पक्राउ गरी कार्वाही गर्न दबाब मात्र दिएको बताए । प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको बताएको छ । उनीहरू घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार