Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ


    सोमबार, पुष ५ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३३३ ग्राम सुन सहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् ।

    हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ ।

    पक्राउ परेका उनलाई आवश्‍यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार