काठमाडौँ । विप्लव नेतृत्व नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी मदन केसी, तुलसीपुर १८ विजौरीका दिनेश वली र जीवन वलीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले उक्त समूहका जिल्ला कमिटी केसीलाई तुलसीपुर ६ बाट बिहीबार बेलुका पौने ६ बजे र वलीद्वयलाई बिहीबार दिउँसो बिजौरीबाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले बताए।
पछिल्लो समय दाङमा सडक निर्माण र बालुवा गिट्टी उत्खनन् कार्यमा प्रयोग भएका ६ वटा स्काभेटर, जेसिबी लगायतमा आगजनी भएको थियो।
तुलसीपुरका ग्वारखोलामा एउटा र राप्ती नदीमा राखिएका ६ वटा त्यस्ता मेसिनमा आगजनी भएपछि प्रहरीले विप्लवका कार्यकर्ता खोज्न सक्रिय बन्न थालेको छ।
त्यस्तै, गोप्य रूपमा सरकार विरोधी गतिविधि सञ्चालन जारी राखेको, चन्दा आतंक कायमै राखेको जस्ता कार्य नियन्त्रण गर्न विप्लवका नेता(कार्यकर्ताको खोजी तीव्र पारिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend