बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार एक महिलामाथि जवर्जस्ती करणीको उद्योग अन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका घिमिरेमाथि एक महिलाले जवर्जस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीमा तीन दिन अघि जाहेरी दिएकी थिइन् ।
‘ती महिलाको जाहेरी पछि लगत्तै घिमिरेलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो, स्रोतले भन्यो, ‘ती महिलालाई जागिर लगाइदिने भन्दै कोठामा पुगेर करणी प्रयास गरेको प्रहरीसमक्ष उनले दाबी गरेकी छन् ।