Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडाैंकाे तापक्रममा हल्का सुधार, ३.६ डिग्रीसेल्सियस मापन


    सोमबार, पुष ५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । काठमाडाैं उपत्यकाकाे न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएकाे छ । आइतबारकाे भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएकाे हाे । आइतबार काठमाडाैंकाे न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएकाे थियाे ।

    ‘अधिकतम तापक्रम दिउँसाे मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएकाे छ,’ माैसम पूर्वानुमान महाशाखाका माैसमविद् मञ्जु वासीले भनिन्, ‘यसकाे अर्थ अब तापक्रम घट्दैन भन्ने हाेइन । हिउँद गहिरिदै जाँदा चिसाे अझ बढ्छ ।’

    काठमाडाैंमा मंसिर दाेस्राे सातादेखि चिसाे बढ्न थालेकाे हाे ।  देशभर चिसाे बढेकाे छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएकाे छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेकाे छ ।

    तराईमा हुस्सु/कुहिरो लाग्ने गरेकाे छ ।

    महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसाे  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ ।

    मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार