Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमबाप्पे चम्किंदा फेइग्नीएसमाथि पिएसजीको सहज जित


    सोमबार, पुष ५ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

    युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेेकाे हाे ।

    आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे ।

    पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो ।

    खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार