काठमाडौं, ५ आषाढ । आज बिहान कास्कीका ६ जना सहित गण्डकीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनएकोछ ।
संक्रमितहरुमा नवलपुरका २ जना, बागलुङका १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकाका गरी ६ जना, स्याङ्जामा २ जना संक्रमित थपिएका छन् ।
आज थपिएका सबै संक्रमित भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् ।
