भिक्षु थुप्तेन जिग्डोल र होम दोङ
काठमाडौं । सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समितिको अध्यक्ष पदमा फुपू छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) र कार्यकारी निर्देशकमा होम दोङलाई नियुक्ति गरेको छ । जिग्डोल ताप्लेजुङका हुन् । दोङ नेपाल ल क्याम्पसका पूर्वसभापति हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा समितिको अध्यक्षमा शेर्पा र कार्यकारी निर्देशकमा दोङ नियुक्त भएका हुन् ।