Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेन्चुरी बैंकको लाभांश घोषणा


    आइतबार, पुष ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले सेयरधनीलार्ई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । यसअनुसार बैंकले सभामा ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर र दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद खर्चिनेछ । गत वर्ष बैंकले पाँच दशालव २५ प्रतिशत बोनस र दुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार