धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उप-महानगरपालीका-२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको हाे ।
पक्राउ पर्नेमा धनगढी उप-महानगरपालीका-८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तब रहेका छन् ।
उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन -ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ ।