Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुन: प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै


    आइतबार, पुष ४ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनः बढ्न थालेका छ ।  गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।  स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । 

    नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको  निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । ती मध्ये ६२  होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । 

    प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार