Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शीख धर्मको निन्दा गरेको आरोपमा अमृतसारको गोल्डेन टेम्पलमा युवकको हत्या 


    आइतबार, पुष ४ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। पन्जावको अमृतसारस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । शीख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए । 

    उनले शीखहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेता बाँधेका ती युवकको अस्वभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए । 

    सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेरको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष ती व्यक्तिको अस्वभाविक गतिविधिपछि  प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए ।

    एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए । लगत्तै उनको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार