Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२५  शिक्षकको सरुवा


    आइतबार, पुष ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५  शिक्षकको सरुवा र पदस्थापन गरेको छ ।

    महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित  विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।

     महानगरपालिकाअन्तर्गत कूल ३२  वडामा प्रावि, निमावि र मावि गरी ९९  सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् ।

    विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार