Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै


    आइतबार, पुष ४ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तेह्रथुम ।  पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीकाे रुपमा पनि लिईन्छ। लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम आर्थत (न्वागीपुजा) पनि एक हो । पाकेकाे अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ ।

    लिम्बु समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउछन । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ ।

    तेह्रथुम लगायत पूर्वका विभिन्न जिल्लाहरुमा लिम्बु समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ  चासोक तङनाम मनाई रहेका छन्  ।  चासोक तङनाम पछिल्लो समय सामुहिक रुपमा सुख र दु:ख बाँड्ने पर्वको रुपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन् ।

    पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ ।

    तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन ।

    पछिल्लो समय लिम्बु समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिकाे  संरक्षणमा चासो दिन थालेको पाइन्छ । पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् ।

    पूर्वी नेपाललगायत देश भित्र र बाहिर रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन । याे  पर्वकाे अवसरमा  सरकारले  स्थानीय बिदा दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार