Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुख सापकोटाको विश्वास


    आइतबार, पुष ४ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन् ।

    उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरे ।
     
    सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने का अवसरमा यो चाड मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त गरे । यो चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ ।

    मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार मानेर साकेला सिली नाच्ने चलन छ । उधौली हिमाली र उच्च पहाडी भागबाट पशुपन्छीसहित बेसी भागमा सर्ने समय पनि हो ।  

    सभामुखले नेपालसहित विश्वव्यापीरुपमा देखापरेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक असरहरु कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता चाडपर्वले आम नागरिकमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार