Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण


    बिहिबार, असार ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुवै सदनबाट सर्वसम्मत पारित विधेयकलाई प्रमाणित गरेसँगै यसले संवैधानिक मान्यता पाएको हो ।
    बिहीबार राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका थिए ।

    योसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित गरेको हो । यसअघि प्रतिनिधिसभाले पनि सर्वसम्मतिले पारित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार