Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा ६ जनामा देखियो कोरोना संक्रमण


    बिहिबार, असार ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना संक्रमण पुष्टि भएका ६ सय ७१ जनामध्ये काठमाडौं उपत्यकाका ६ जना रहेको जानकारी दिएको हो । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा पनि दिनहुँजसो संक्रमित भेटिन थालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार