Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगियो


    बिहिबार, असार ४ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

    अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमान् सुरेन्द्र बस्नेतका अनुसार उहाँलाई दुई दिनदेखि सुत्केरी व्यथा लागेको थियो । (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार