काठमाडौँ, ४ असार । आज थप ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ६७१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।