Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण सुरु


    बिहिबार, असार ४ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बर्दिया, ४ असार । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि बर्दियाका स्थानीय तहले आवास भवन निर्माण शुरु गरेका छन्। सोअनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा १० लाख रुपैयाँमा आवासीय भवनको निर्माण शुरु गरेको छ।

    सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले असुरक्षित रुपमा सुरक्षाको काम गर्दै आएका छन्। उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारुले बताए। बर्दियाका सबै पालिका मिलेर सीमामा आवासगृह बनाउने निर्णय भए पनि हालसम्म बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र बनाउन शुरु गरेका छन्।

    बर्दियाका सीमामा आवतजावत रोक्नका लागि बनाइएका जाँचचौकी पाल र त्रिपालबाट बनेका छन्। सर्पको बिगबिगी, हावाहुरी र वर्षात्बाट पालको बसाइ निकै असुरक्षित रहेको छ। सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित आवासका लागि भवन निर्माणमा स्थानीय तहले सहयोग गरेको सशस्त्र प्रहरी ३१ नम्बर बाहिनीका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार