Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खोलामा डुवेर एक बालिकाको मृत्यु


    बिहिबार, असार ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर, ४ असार । उदयपुरमा खोलामा नुहाउन गएकी एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका ७ हाड्बासस्थित घर आएकी १३ वर्षीया नविना खड्काको स्थानीय बलान खोलामा डुबेर मृत्यु भएको हो।

    सिराहा घर भई हाडेबासस्थित मामा गणेश अधिकारीको घरमा आएकी दुर्गाबहादुर खड्काकी छोरी नविना बुधबार दिउँसो खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। घट्नाबारे जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मृतकको लास निकालेर सर्जमिन मुचुल्का गरी टोली फर्केको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ भने घट्नाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरी भनाई छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार