काठमाडौं । वामदेव गौतम सरकारमा जाने हल्ला पुनः चलेको छ । सरकार पुनर्गठन हुने र त्यसमा उनलाई रोजेको मन्त्रालय दिने हल्ला बुधबारबाट चलाइएको छ । तर वामदेव निकटस्थ नेता कार्यकर्ताहरुले भने उनी सरकारमा जाने हल्ला पूर्णतः निराधार रहेको भन्दै सामाजिक संजालमा लेख्न थालेका छन् ।
यसअघि नै गौतमले सरकारमा मन्त्री खान नजाने कुरा प्रष्ट पारिसकेको भन्दै उनको बदनाम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुले हल्ला चलाएको आरोप समेत लगाएका छन् । पछिल्लो समयमा एमसीसी प्रकरण चर्किएपछि गौतमलाई आफ्नो पक्षमा पार्न मन्त्रीको ललिपप फालिएको कुरा उठाइएको छ । सामाजिक संजालमा प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द गर्न पनि उनीहरुले आग्रह गरेका छन् । गौतमले ओलीका कार्यशैलीमाथि असहमति राख्दैआएका छन् ।
वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसीसीसहितका विभिन्न निर्णय प्रक्रियामा गौतम प्रधानमन्त्रीको साथमा नभएकाले बदनाम गर्न हल्ला चलाइएको उनीहरुको तर्क छ ।
सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । मन्त्री बन्ने हल्ला चलाउनेहरुका बारेमा अहिले गौतम केही नबोल्ने र केही समयपछि सार्वजनिक गर्ने उनी निकट एक नेताले बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend