काठमाडौं । वामदेव गौतम सरकारमा जाने हल्ला पुनः चलेको छ । सरकार पुनर्गठन हुने र त्यसमा उनलाई रोजेको मन्त्रालय दिने हल्ला बुधबारबाट चलाइएको छ । तर वामदेव निकटस्थ नेता कार्यकर्ताहरुले भने उनी सरकारमा जाने हल्ला पूर्णतः निराधार रहेको भन्दै सामाजिक संजालमा लेख्न थालेका छन् ।
यसअघि नै गौतमले सरकारमा मन्त्री खान नजाने कुरा प्रष्ट पारिसकेको भन्दै उनको बदनाम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुले हल्ला चलाएको आरोप समेत लगाएका छन् । पछिल्लो समयमा एमसीसी प्रकरण चर्किएपछि गौतमलाई आफ्नो पक्षमा पार्न मन्त्रीको ललिपप फालिएको कुरा उठाइएको छ । सामाजिक संजालमा प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द गर्न पनि उनीहरुले आग्रह गरेका छन् । गौतमले ओलीका कार्यशैलीमाथि असहमति राख्दैआएका छन् ।
वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसीसीसहितका विभिन्न निर्णय प्रक्रियामा गौतम प्रधानमन्त्रीको साथमा नभएकाले बदनाम गर्न हल्ला चलाइएको उनीहरुको तर्क छ ।
सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । मन्त्री बन्ने हल्ला चलाउनेहरुका बारेमा अहिले गौतम केही नबोल्ने र केही समयपछि सार्वजनिक गर्ने उनी निकट एक नेताले बताएका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend