Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्वारेन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री सहयोग


    बिहिबार, असार ४ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नवलपरासी, ४ असार । कोरोना भाइरस रोकथामको क्वारेन्टिन व्यवस्थापनका लागि जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई दुई लाख सात हजार बराबरको सामग्री प्रदान गरेका छन्।

    नवलपरासी समाज जापानले एक लाख रुपैयाँ तथा नवलपुर समाज जापानले एक लाख सात हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको हो। दुवै संस्थाले पठाएको रकमबाट गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले स्वास्थ्य सामग्री खरिद गरी शनिबार ती दुई गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गरेका थिए। ती संस्थाले पठाएको रकमबाट ४०० थान झुल, ४०० थान बेड कभर, १६० थान ब्लाङ्केट, चार रोल पिफर्म म्याट खरिद गरिएको थियो।

    त्यस्तै, काठमाडौँको करुणा फाउण्डेशन र क्रियशन पोसिबिलिटी नामक संस्थाले उपलब्ध गराएको २४ थान व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई०, १६ वटा थर्मल गन, ४०० थान एन–९५ मास्क, १० लिटर ह्याण्ड सेनिटाइजरसमेत प्रलेशसभा सदस्य लामिछानेले बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटी र बौँदीकाली गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठलाई प्रदान गरेका थिए।

    बुलिङटार गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले स्रोत साधनको अभाव, यातायातको असुविधा, स्वास्थ्य परीक्षणका लागि नजिक अस्पताल नहुनु, स्वाब परीक्षण नतिजा ढिला आउनु तथा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि नजिक बजारको अभावलगायत विभिन्न समस्या झेल्नुपरेको गुनासो गरे। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार