Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना अब हिमालपारी पनि !


    बिहिबार, असार ४ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ४ असार । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ।

    कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।

    उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए।

     

    उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए।

    जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार