Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, असार ३ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं,३ असार। थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जना र अर्घाखाँचीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो । रेसुङ्गाका ९ जनामध्ये वडा नम्बर–४ का ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु भएको बताइएको छ ।

    अर्घाखाँचीमा भने ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीहरुमध्ये भूमिकास्थान नगरपालिकाका २ जना र मालारानी गाउँपालिकाका १ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार