Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना नियन्त्रणका नाममा करोडौं कुम्ल्याउँदै कलैया उपमहानगरका जनप्रतिनिधि र कर्मचारी


    बुधबार, असार ३ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • राजेश राय यादव, रहिमा खातुन, राजेन्द्र घिमिरे र दिब्या सर्राफ

    काठमाडौँ । कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव लगायतका जनप्रतिनिधिहरुले गुणस्तरहीन खाद्यान्न सामग्री राहतमा बितरण गरेको आरोपमा पक्राउ परि धरौटीमा छुटे पनि अहिले आएर कोरोना भाइरस नियन्त्रणको नाममा करोडौं कुम्ल्याउने खेल शुरु भएको खुल्न आएको छ । चालु आर्थिक बर्ष बित्न एक महिना जति बाँकी रहेको अवस्थामा कोरोना भाइरसको नियन्त्रणको नाममा नक्कली बिल भर्पाई बनाएर अनियमितता गर्ने उद्देश्यले दुई करोड रुपैयाँ रकमान्तर गरेर दैवी विपत व्यवस्थापन कोषमा राख्ने निर्णय कार्यपालिका बैठकबाट गरेका छन् ।

    कोरोना भाइरस नियन्त्रणको नाममा सञ्चालन गरिएको क्वारेन्टाइन, अस्थायी कोरोना अस्पताल, औषधी खरिद, सेनिटाइटिङ गर्ने कार्य, मास्क बितरण लगायतको कार्यमा पहिला नै अपारदर्शी तरिकाले ५० लाख भन्दा बढी खर्च गरिए पनि अहिले आएर अन्तिम समयमा दुई करोड बिकास बजेटको रकमलाई अनियमितता गर्ने उद्देश्यले रकमान्तर गरिएको एक वडाअध्यक्षले बताएका छन् ।

    कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रेमचन्द्र जैसवाल, अजय जैसवाल, बातावरण शाखाका खेदु मियाँ लगायतका कर्मचारीले पटक पटक पेश्की लिएर लाखांै रकम कोरोना भाइरस नियन्त्रणको नाममा अपारदर्शी तरिकाले खर्च गरे पनि त्यसको हिसाब किताब नगरप्रमुख यादवले देखाउन नचाहेको ती वडा अध्यक्षले अरोप लगाएका छन् ।

    कर्मचारीहरुले एक रुपैयाँ खर्च गरेर पाँच रुपैया जम्मको बिल नगरपालिकामा पेश गरी भुक्तानी लिदा वा पेश्की रकम फर्छौट गराउँदा कलैया उपमहानरगपालिकाका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र घिमिरे, लेखा शाखा प्रमुख दिब्या सर्राफले अनियमितता गरेको रकम बाँडेर खाने गरेको एक कर्मचारीले बताएका छन् ।

    स्वास्थ्य शाखाका कर्मचारी प्रेमचन्द्र जैसवाल र अजय जैसवालले पेश्की रकम लिएर पनि स्वास्थ्य चौकीहरुमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुलाई उपचार गर्ने कार्यमा खटिदा अति आवश्यक पर्ने पिपिए लगाएतका स्वास्थ्य समाग्री नदिएको र पिपिए उपल्बध गराउन नगरप्रमख यादव, प्रमुख प्रशासकीय अधिकृत घिमिरे र लेखाप्रमुख सर्राफलाई पटक–पटक भन्दा पनि कुनै सुनुवाई गरिएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । 

    कलैया उपमहानगरपालिका ८ का वडाअध्यक्ष बिक्रम यादवले कोरोना भाइरस नियन्त्रणको नाममा कति खर्च भयो त्यो थाहा नभएको बताएका छन् । शुरुमा बिपत व्यवस्थापन कोषमा ४० लाख जम्मा गरिएको र अहिले दुई करोड रकमान्तर गरेर जम्मा गर्ने निर्णय गरिएको वडा अध्यक्ष यादवको भनाइ छ ।

    कोषमा जम्मा गरिएको पहिलाको ४० लाख र अहिले रकमान्तर गरिएको दुई करोडबाट कति खर्च गरिएको छ भन्नेबारेमा कार्यपालिका बैठकमा कुरा उठे पनि उपमहानगरपालिकाले विवरण दिन आनाकानी गर्देआएको छ । खर्च गरिएको बिबरण आउन बाँकी रहेको भन्दै खर्चको बिवतरण पेश नगरिएको यादवले बताएका छन् । कोरोना नियन्त्रणमा समिति बनाएर मात्रै रकम खर्च गर्न माग गरिए पनि समिति बनाउनै ढिलाई गरिएको आरोप वडा अध्यक्ष यादवको छ ।

    कार्यपालिका बैठकमा खर्च नदेखाइएको कारणले कोरोना नियन्त्रणको नाममा कलैया उपहानगरपालिकाबाट कति खर्च गरिएको हो त्यो भन्न नसकिने अवस्था रहेको अर्का वडा अध्यक्ष पुनदेव रौनियारले बताएका छन् । मैले मेरो वडामा मास्क, चनचेतना र राहत सामग्री गरेर सात लाख ४० हजार जति खर्च गरेको छु तर कलैया उपमहानगरपालिकाबाट कति खर्च गरिएको छ त्यो जानकारी गराइएको छैन, रौनियारले भने ।

    कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र घिमिरेले पीसीआरको एक हजार किट खरिद, राहत सामग्री, क्वारेन्टिन व्यवस्थापन, अस्थायी कोरोना अस्पतालको भौतिक पूर्वाधार मर्मत लगायतका कार्यमा दुई करोड भन्दा बढी खर्च गरिएको बताएका छन् । प्रक्रिया पुर्याउँदा ढिलो हुने देखेर खर्च गरिएका रकमहरु कुनै समिति वा टेण्डर प्रक्रियाबाट नगरी पुरानै प्रक्रिया मार्फत् नै खर्च गरिएको घिमिरेको तर्क छ ।

    अख्तियारको बिलम्ब कारवाहीले अनियमितता बढ्यो

    कलैया उपमहानगरपालिकाले सार्वजनिक खरिद नियमवाली बिपरीत गएर कलैया उपमहानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र घिमिरे, तत्कालीन प्रशासकीय अधिकृत हरिनारायण बेल्वासे, लेखाअधिकृत दिब्या सर्राफले आर्थिक लाभ लिएर जनप्रतिनिधि र कर्मचारीहरुलाई दुई करोड भन्दा बढी रकम राहत बाँडने नाममा पेश्की दिएको र जनप्रतिनिधिहरुले राहतमा गुणस्तरहीन खाद्यान्न समाग्री बितरण गरेको सार्वजनिक भएपछि एक महिनाअघि नै अख्तियार दुरुपयोग अयोगबाट काजगपत्रहरु नियन्त्रणमा लिएको थियो ।

    अख्तियारले कागजपत्र नियन्त्रणमा लिएपछि कलैया उपमहानगरपालिकमा गरिदै आएको अनियमिततामा कमी आउने बिश्वास गरिए पनि अहिले झन् बजेट रकमलाई अनियमितता गर्ने उद्देश्य राखेर नै कामहरु गरिएको एक वडाअध्यक्षले बताएका छन् ।

    नगरप्रमुख यादवले खोला नियन्त्रण, कुलो मर्मत, माटोपुर्ने, ग्राभेल, सडक ढलान गर्ने नाममा अहिले करोडौं रकम कुम्ल्याउने योजना बनाएर काम शुरु गरे पनि अख्तियारको गतिबिधि नै शंकास्पद लागेको अरोप ती वडाअध्यक्षले लगाएका छन् ।

    राहत बितरण गर्नका लागि प्रत्येक वडाहरुमा पाँच पाँच लाखको दरले पेश्की दिने निर्णय कार्यपालिकाबाट भए पनि कुनै वडालाई रु. १४ लाखसम्म पेश्की दिइएको कलैया उपमहानगरपालिकाका लेखा शाखाका एक कर्मचारीले बताएका छन् ।

    पेश्की दिने बेलामा तत्कालीन प्रशासकीय अधिकृत बेल्वासे र लेखाअधिकृत दिब्या सर्राफले पेश्की बुझ्नेसँग १० प्रतिशत कमिशन दिनुपर्ने सर्तनामा समेत गराएर कतिपयसँग कमिसन समेत असुली गर्न सफल भएको एक जनप्रतिनिधीले बताएका छन् ।

    २५ लाखको स्वास्थ्य सामग्री खरिद कागजमै सीमित

    कलैया उपमहानगरपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरुलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीलाई चेकजाँच गर्न आवश्यक पर्ने स्वास्थ्य समाग्री खरिद गर्ने नाममा दिएको २५ लाख रुपैयाँ कागजी प्रक्रिया पुर्याएर हिनामिना गर्ने खेल शुरु भएको छ ।

    कलैया उपमहानगरपालिका प्रमुख यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बेल्वासे र लेखा अधिकृत सर्राफले स्वास्थ्य शाखाका कर्मचारीहरुलाई पेश्की रकम दिएर अधिकांश रकमलाई कमिसन बापत बाडफाँड गरेको र थोरै रकमको स्वास्थ्य सामग्री खरिद गरेको लेखाशाखाका ती कर्मचारीले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार