Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालीखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अबरुद्ध


    बुधबार, असार ३ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । अबिरल बर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो गएकोे छ । पहिरो खसेर सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो गएको हो ।

    कालीखोलामा पहिरो पन्छाउने कार्य अहिले जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले सवारी साधन चल्न सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार