बाँके । कोरोना भाइरस संक्रमणकाबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । बैजनाथ–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।