Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेमा कोरोनाबाट ४६ बर्षीया महिलाको मृत्यु


    बुधबार, असार ३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं , ३ आषाढ । बाँकेमा कोरोना भाइरस बाट ४६ बर्षीया महिलको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मृतक महिला बैजनाथ गाउँपालिका- ६ की हुन् । उनको कोरोनाका कारण मत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारत उनको सोमबार साँझ साढे ६ बजेतिर निधन हो । निधन भएकी महिलाको हिजो मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यद्दपि उनको मृत्युको आधिकारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न भने बाँकी छ ।
    उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार