Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अहिले नै माथिल्लो पदमा जान खोज्नु ‘लुडो’मा छिटोछिटो माथि चढेर फेदमा झर्नु जस्तै हो, त्यसैले म चौतारीमा बस्दै छु


    बुधबार, मंसिर ८ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने  बताएका छन् ।

    बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताएका हुन् ।

     

    उनले अहिलेनै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भएझैं हुने बताएउँदै आफू सचिवमै रहने जानकारी दिएका हुन् । 

    उनले भने,‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। सचिव पदमा उठ्ने तयारी गरेको छु।’

    भट्टराई काठमाडौंमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा प्रत्यासी माधवकुमार नेपालको प्यानलबाट प्रतिस्पर्धा गरेर सचिवमा निर्वाचित भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार