Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गौमुखी गाउँपालिका अध्यक्ष गिरि कांग्रेस प्युठान सभापतिमा विजयी


    बुधबार, मंसिर ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्युठान । नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् । 

    मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गरेक हुन् ।

    गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मतमा चित्त बुझाए ।  गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् ।

    १४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार