काठमाडाैं । संगठन बिस्तारको नाउँमा जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न पालिकाकाको माटो सङ्कलन गर्ने भएका छन् ।
मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकमा पुगेर अध्यक्ष राउतले त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए । पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा अध्यक्ष राउत आफै पुगेर माटो सङ्कलन गर्नेछन् । मंसिर १० गते लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रमको सुरुवात गरिने सिंहले बताए । जनमत पार्टीका अध्यक्ष राउतले चुनावलाई केन्द्रीत गरी सो कार्यक्रमको सुरुवात गर्न लागेका हुन् । माटो सङ्कलन अभियान भनिए पनि खासमा यो पार्टी संगठन विस्तारको अभियानसँग जोडिएको छ ।
त्यसैगरी, जनमत पार्टीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत जिल्ला कार्यकारिणी समितिको बैठक, युवा दस्ता गठन, प्रशिक्षण, आन्दोलन समिति गठनजस्ता कार्यक्रमहरु राखेको छ । मंसिर २८ र २९ गते बस्ने केन्द्रीय समितिको विस्तारित बैठकले चौथो चरणको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend