तनहुँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम आउन थालेको छ । तनहुँका दुवै प्रतिनिधिसभा क्षेत्रमा सभापति, सचिव र सहसचिव पदको अन्तिम मत परिणाम आएको छ ।
तनहुँ १ को सभापतिमा श्यामकुमार मौरती विजयी भएका छन् । निकटम प्रतिस्पर्धी विश्व बाँस्तोलालाई ८३ मतले पराजित गर्दै मौरती क्षेत्रीय सभापति बनेका हुन् । ४८५ मत प्राप्त गरी मौरती विजयी भएका हुन् भने प्रतिष्पर्धी बास्तोलाले ४०२ मत प्राप्त गरेका छन् । मौरती यसअगाडि महाधिवेशन प्रतिनिधि थिए । बास्तोला जिल्ला सचिव हुन् ।
निर्वाचित सभापति मौरती जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएका थिए । बास्तोला पौडेल निकटका नेता भनिए पनि संस्थापन देउवा समूहका निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले प्यानलबाट उम्मेद्वारी दिएका थिए ।
सचिव र सहसचिवमा पनि मौराती प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् । क्षेत्रीय सचिव पदमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भए । यी दुईले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरे ।
युवराज आले र शैलेश खाती सहसचिवमा निर्वाचित भएका छन् । आलेले ४७४ र खातीले ४३६ मत प्राप्त गरेका हुन् । पराजित रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा कुल ९५४ मध्ये ९३१ मत खसेको हो । यो क्षेत्रमा न्यौपाने र पौडेल प्यानल बलियो सावित भएको छ ।
क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । ५१ मतान्तरले सभापतिका उम्मेद्वार कृष्णराज पण्डितलाई पराजित गर्दै खनालले बाजी मारेका हुन् । खनालले ४४७ र पण्डितले ३९६ मत प्राप्त गरेका छन् । निर्वाचित खनाल भण्डारी, वाग्ले, भट्टराई र आले प्यानलका उम्मेद्वार हुन् । खनाल र पण्डित यो भन्दा पहिले महाधिवेशन प्रतिनिधि थिए ।
सचिव र सहसचिव पदमा पनि खनाल प्यानलका उम्मेद्वार विजयी भएका छन् । जीवन चन्द ठकुरीले ५१७ र सन्तोष घिमिरेले ४८३ मत पाएर क्षेत्रीय सचिवमा निर्वाचित भए । निकटम प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत पाएका छन् ।
सहसचिव पदमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । सारुले ५०३ र रानाले ५३६ मत प्राप्त गरे । प्रतिस्पर्धी नरसिङ रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८६६ मध्ये ८६० मत खसेको थियो । दुवै क्षेत्रमा सोमबार मतदान भएको हो । सोमबार रातिदेखि सुरु भएको मतगणना अझै पनि जारी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend