Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैले मन पराएको उपाध्यक्ष र महासचिव निर्विरोध वा सर्वाधिक मत ल्याएर निर्वाचित हुन्छ : ओली


    मंगलबार, मंसिर ७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ । 

    स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए ।  आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए । 

    बरिष्ठ उपाध्यक्ष र महासचिव को ?

    ओलीले महाधिवेशनमा बरिष्ठ उपाध्यक्षमा रामबहादुर थापा बादल वा इश्वर पोखरेल कसलाई रोज्ने हुन् त्यो एकीन भएको छैन । यद्यपि पछिल्ला दिनमा पोखरेलको बडी ल्याङ्वेजले उनलाई बरिष्ठ उपाध्यक्षमा बचन दिएको अनुमान एमाले बृत्तमा गरिएको छ । यद्यपि बादलको ब्यवस्थापन पनि ओलीका लागि चुनौतीपूर्ण छ । महासचिवमा शंकर पोखरेल नै ओलीको रोजाइ हुन् ।

    यद्यपि बिष्णुप्रसाद पौडेलले पनि महासचिवमा ओलीको आशीर्वाद खोजिरहेका छन् । यद्यपि पौडेल ओली गुटका बंशज होइनन्, अंगीकृत भएकाले उनको संभावना कम रहेको अनुमान गरिएको छ । ओलीका निकटस्थ नेताहरुले पोखरेलको पक्षमा लबिङ नै थालिसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार